बुधबार, मंसिर १५ २०७८

कार्यालयमै परस्त्रीसँग यौनक्रिडा गर्ने वडाअध्यक्षलाई गाउँलेले नाङ्गै बाधेर प्रहरीमा बुझाए



  • नेपालदीप
  • शनिबार, साउन १० २०७७
14.9K
SHARES

बझाङ। दुई वटी श्रीमतीका श्रीमान भएर पनि परस्त्रीसँग लागेका वडा अध्यक्षलाई वडा कार्यालयमै आपत्तिजनक अवस्थामा स्थानीयले रङ्गेहात समातेका छन् । आफ्नै वडा कार्यालयमा परस्त्रीसँग यौन क्रियाकलाप गरिरहेको फेला पारेपछि स्थानीयले हात खुट्टा बाँधेर प्रहरीलाई बुझाएका छन् ।

यसरी नाङ्गै बाँधेर ल्याइएका वडाध्यक्ष बझाङको तल्कोट गाउँपालिका–३ का भरत बोहरा हुन् । बोहरा र ती महिलालाई वडा कार्यालयबाट समातेर जीपमा १८ किमि टाढाको जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।

अघिल्लो शनिबार राति १ बजेतिर वडाध्यक्ष र सोही वडाले सञ्चालन गरेको सिलाइ–कटाइ तालिमकी प्रशिक्षक छबिसपाथिभेरा गाउँपालिका झुटेराकी सुनिता रानालाई वडा कार्यालयभित्र आपत्तिजनक अवस्थामा फेला पारिएको थियो ।

दुवै जनालाई हातगोडा बाँधेको अवस्थामा सुनिताका श्रीमानसहित १० जनाले राति २ बजे प्रहरी कार्यालयमा पुर्‍याएका हुन् । उनीहरू वडा कार्यालयको कोठाभित्र सुतिरहेका बेला स्थानीयले बाहिरबाट चुकुल बन्द गरी सुनिताका श्रीमानलाई फोन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी गणेश बमले सहमतिमै शारीरिक सम्बन्ध भएको हुनाले यो विषयमा कुनै मुद्दा नचलाउने बताउँदै मिल्न दबाब दिएका थिए । यसपछि महिलाका श्रीमान बालकृष्ण रानालाई ५ लाख नगद दिने शर्तमा वडाध्यक्षले कुरो मिलाए । तत्काल २ लाख ५० हजार दिए पनि बाँकी पछि भन्दै सहमति गरेर प्रहरी कार्यालयबाट छुटेका थिए ।

यद्यपि, अहिलेसम्म पनि बाँकी रकम नदिएको बालकृष्णले बताउँदै आएका छन् । उनले अहिले वडाध्यक्षले बाँकी रकम दिन आलटाल गरिरहेको भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् । ‘मेरो घरबार बिगार्ने, भनेको रकम पनि नदिनेलाई मौका पर्दा जानेको छु’, स्टाटसमा यस्तो लेखिएको छ ।

वडाध्यक्षसँगै समातिएकी महिला अहिले माइतीमा बसिरहेकी छन् । बालकृष्णले यसअघि पनि परपुरुषसँग सम्पर्क गरेको धेरै पटक भेटेको भन्दै अब सम्बन्धविच्छेद गर्ने र घरमा नल्याउने बताउँदै आएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट