बुधबार, मंसिर १५ २०७८

सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि



  • नेपालदीप
  • बुधबार, साउन २१ २०७७
4.7K
SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले एक बिज्ञप्ति जारी गर्दै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये ७ महिने शिशुसहित १५ जना महिला र १७ जना पुरुष रहेका छन् ।

उनीहरुमध्ये कैलालीका २१ जना, अछामका ७ जना, बझाङका ३ जना, कञ्चनपुरका एक जना रहेका छन् । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २८६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट