बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ बाहेक पोखरामा जग्गाको मूल्य अत्याधिक महँगो



  • नेपालदीप
  • शनिबार, साउन ३१ २०७७
16.8K
SHARES

काठमाडौं। ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा स्थायी बसोबास गर्न आकर्षण बढेसंगै जग्गाको भाउ पनि त्यसै गरि बढेको छ। त्यति मात्र हैन जग्गामा लगानी सुरक्षित हुने भन्दै अहिले मानिसहरुले जग्गामा धेरै लगानी गरेका छन्। यो अवस्थामा जग्गाको भाउको हिसाबले गण्डकी प्रदेशको राजधानी पोखरा काठमाडौं पछिको दोस्रो महँगो सहर बनेको छ।

१०-१५ वर्ष अघि सम्म हरेक कारोबार पिच्छे काठमाडौंमा जग्गाको मूल्य बढ्छ भन्ने गरिन्थ्यो। त्यहिँ ट्रेन्डलाई अहिले पर्यटकिय नगरी पोखराले पनि पच्छयाई रहेको छ। अहिले पोखराको मुख्य भागमा मात्र नभई आसपासका भागमा समेत जग्गाको भाउ अचाक्ली बढेको छ।

सरकारले राजस्व उठाउन गर्ने मूल्यांकनका तुलनामा व्यवहारमा किनबेचको मूल्य दोब्बरभन्दा बढी नै हुने गरेको छ। संघीयतापछि गण्डकी प्रदेशको राजधानी घोषित भएपछि घडेरीका जग्गाको भाउ बढ्ने क्रम सुरु भएको थियो। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरू भएपछि जग्गाको दिनदिनै उकालो लागेको छ।

राजधानी काठमाडौं सधैको महँगो ठाउँ हो। जहाँ एक आना जग्गाको मूल्य १२ करोड रुपैयाँ सम्ममा किनबेच भइसकेको छ। यहाँ सरकारको मूल्यांकन नै प्रतिआना ६० लाख रुपैयाँ छ।

काठमाडौँको तुलनामा सस्तो देखिए पनि पोखरामा सरकारले नै प्रति कठ्ठा २ करोड ९० लाख रुपैयाँसम्म मूल्यांकन कायम गरेको छ। चलनचल्तीको किनबेचमा पोखरामा पनि प्रतिकट्ठा ८ देखि १० करोड रुपैयाँसम्ममा किनबेच हुने गरेको घरजग्गा व्यवसायीहरु बताउँछन्।पोखरामा हातका हिसाबले नापजोख गरेर दर भाउ लगाउने चलन छ।

सहरको मुख्य भागमा हिजोआज घडेरीका लागि जग्गा नै छैनन्। जग्गा कारोबारीहरू केहिँ समय अघि सम्म खेती हुने क्षेत्र विरौटामा घडेरीका लागि जग्गा प्लटिङ गरेर बेचे। अहिले उनीहरुको ध्यान लेखनाथ र हेम्जा तर्फ मोडिएको छ। लेखनाथ नगरपालिकालाई पोखरामै गाभिएपछि उक्त क्षेत्रको पनि भाउ चुलिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट