बिहिबार, जेष्ठ ५ २०७९

नेप्से परिसूचक १७ दशमलव ३३ अङ्कले घट्यो



  • नेपालदीप
  • आइतबार, साउन ३२ २०७७
5.8K
SHARES

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १७ दशमलव ३३ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१ दशमलव ४६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।आइतबार व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । व्यापार समूहको सूचक भने झण्डै ११ अङ्कले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६ दशमलव ८७ अङ्कले घटेको छ ।

आइतबार दिनभर एक अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरका ४३ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको आठ करोड १४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत कमाएका छन् भने आँखु खोला जलविद्युत् कम्पनीका शेयर लगानीकर्ताले ७ दशमलव ४१ प्रतिशत गुमाएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट