
काठमाडौँ । आज सुनको भाउमा घटबढ भएको छैन । सुनको भाउ आज हिजो जस्तै तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अस्ति तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो । सुनको भाउ स्थिर भए पनि चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।