आइतबार, मंसिर १२ २०७८

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि



  • नेपालदीप
  • बुधबार, भाद्र ३ २०७७
4.3K
SHARES

काठमाडौं । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णालीले एक विज्ञप्ति मार्फत थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।प्रदेश अस्पताल तथा पशुपन्छि प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १० जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित मध्ये सुर्खेतका १० जना, दैलेखका ४ जना, सल्यानका १७ जना, डोल्पाका एक जना, कस्कीका एक जना, जुम्लाका ९ जना र बाँकेका एक जना रहेका छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट