
काठमाडौँ । नेप्से परिसूचक बुधबार साढे १६ अङ्कले घटेको छ । बुधबार परिसूचक १६ दशमलव ६ अङ्कले घटेर १३ सय ९१ दशमलव २९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १३६ दशमलव ५९ अङ्कले घटेको छ । बुधबार दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सबैभन्दा धेरै सिटिजन इन्भेस्टमेन्ट ट्रस्टकाे आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् । प्रुडेन्टियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै चार प्रतिशत गुमाएका छन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।