बुधबार, मंसिर १५ २०७८

सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण



  • नेपालदीप
  • बिहिबार, भाद्र ४ २०७७
7.4K
SHARES

डडेल्धुरा । सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका विभिन्न जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गत २४ घन्टामा तीन सय ७० जनाको कोरोना परीक्षण गरिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रशाद भुषालले बताए।

उनका अनुसार संक्रमण देखिएका अछामका ३०, डोटीका १६ र डडेल्धुराका एक जना रहेका छन् । अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना छन्।

त्यस्तै, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भुषालले बताए।

पछिल्लो समयमा सुदूरपश्चिममा पनि संक्रमण बढ्दै गएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या पाँच हजार एक सय ३३ पुगेको प्रदेश समाजिक विकास मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई nepaldeep.com[email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट