बुधबार, मंसिर २२ २०७८

रथयात्रामा भएको सरकारी हस्तक्षेप विरुद्ध पर्सामा प्रदर्शन



  • नेपालदीप
  • सोमबार, भाद्र २२ २०७७
22.2K
SHARES

वीरगंज। पाटनमा रातो मछिन्द्रनाथको रथ यात्राका क्रममा सरकार पक्षबाट गरिएको हस्तक्षेपको विरोधमा सोमवार पर्सामा विशाल प्रदर्शन गरिएको छ। नेपाल विश्व हिन्दू महासंघ पर्साको अगुवाईमा मधुबनी चौकबाट प्रदर्शन सुरु गरिएको थियो।

दिउँसो साढे १२ बजेदखि सुरु भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ। प्रहरीले प्रदर्शन सुरु भएको आधा घण्टा पनि बित्न नपाउदै हस्तक्षेप गरेको नेपाल विश्व हिन्दू महासंघ केन्द्रीय संगठन विभाग प्रमुख विजयप्रकाश निसादले बताए। आन्दोलनकारीहरुले ‘हिन्दू राष्ट्र’ पुनस्थापनाको नारा लगाएपछि प्रहरी आक्रामक भएको थियो।

कोरोना संक्रमणको जोखिम बढिरहेको बेला आन्दोलनमा सयौं सहभागी भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको बताइन्छ। आधा घण्टा प्रदर्शन गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीहरुलाई तितर बितर पारिदिएका थिए। मुठभेडको स्थिति सिर्जना भएपनि आफुहरु सम्हालिएकोले प्रदर्शनमा मानवीय क्षति नभएको निसादले बताए।

विरोध प्रदर्शनमा ‘नेपाल विश्व हिन्दु महासंघका सम्पूर्ण सदस्यहरु नेवार समुदायको पक्षमा छौं’, ‘हिन्दू राष्ट्र पुनस्थापना गर’, ‘हिन्दूलाई पाखा–मुस्लिमलाई काखा यहि हो तिम्रो नीति सरकार?’, ‘हिन्दु एकता जिन्दावाद’, ‘सनातन धर्म मास्न पाइदैन’, ‘पुज्य सन्त तथा दलितहरु (निरंजन राम,बिजय राम,मिन्त्री देवी बैठा)का हत्यारा लाई यथाशीघ्र सार्वजनिक गरी कडा कारवाही गर’ जस्ता नाराहरु लगाइएको थियो।

विरोध प्रदर्शन कार्याक्रममा पकाहामैनपुर गाउँपालिका आयोजक विन्देश्वर गिरी, जिल्ला सचिव ओमप्रकाश पाण्डेय, जिल्ला सदस्य खोभरी पटेल,मनोज पासवान र उमाशंकर साहलगायतले सम्बोधन गरेका थिए।

मधेशको राजा प्रेम: हिन्दूत्व र राजसंस्थाको पक्षमा जनसागर कुनैपनि बेला उर्लन सक्छ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट