सोमबार, मंसिर १३ २०७८

डेटलाइन जुम्ला : सिंहाचौरमा डा. केसीकाे १९औँ सत्याग्रह



  • नेपालदीप
  • सोमबार, भाद्र २९ २०७७
9.1K
SHARES

जुम्ला। चिकित्सा शिक्षामा सुधारको माग राख्दै सत्याग्रही डा. गोविन्द केसीले जुम्लामा अनसन शुरु गर्नु भएको छ। उहाँले चन्दननाथ-६, सिंहाचौरमा रहेको बनबिरा मष्टोको थान परिसरबाट १९औँ सत्याग्रह शुरु भएको घोषणा गर्नु भएको हो। उहाँ मन्दिर परिसरमा नै अनसन बस्नु भएकाे छ।

नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र केपी शर्मा ओली सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध सत्याग्रह सुरु गरेको डा केसीले बताउनु भयो।

उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश  २ र गण्डकी प्रदश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राख्नु भएको छ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा केसीले अनसन शुरु गर्नु भएको थियो।

यसअघि उहाँको १६ औँ सत्याग्रह पनि जुम्लामा सम्पन्न भएको थियो। पहिलेका सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कायान्वयन नगरेकोले आफू अनसन बस्न बाध्य भएको उहाँले बताउनु भयो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट