बुधबार, मंसिर २२ २०७८

पुजारी हत्या अनुसन्धानमा प्रहरीको झेल, पुन: छानबिनको माग गर्दै विरोध प्रदर्शन



  • नेपालदीप
  • बिहिबार, असोज १ २०७७
15.8K
SHARES

रौतहट। रौतहटको नारायण न.पा.–२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा ‘आर्थिक लेनदेन’को विषयमा कुरा नमिल्दा हत्या भएको भन्ने प्रहरीको निष्कर्ष प्रति असन्तुष्टि जनाउँदै विभिन्न हिन्दुवादी संस्थाहरुको नेतृत्वमा सप्तरी, राैतहट र धनुषामा प्रदर्शन भएको छ । पुजारीको परिवार र प्रतिवादीको माता पिता स्वयमले प्रहरीको प्रतिवेदन झुठो भएको भन्दै खण्डन गरेपछि निष्पक्ष छानबिन गर्नको लागि आयोग बनाउनु पर्ने माग राख्दै विरोध प्रदर्शन चर्केको हो।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा समेत माग गरेको छन्।

कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ?,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै प्रदर्शनकारीहरुले सरकारविरूद्द नाराबाजी लगाएका थिए ।

आरोपी नरेश पटेलका बुवा ज्वाहिर पटेल र अर्का आरोपी बालकुमार पटेलकी आमा सुदिपती देवी आफुहरूले पुजारी साहबाट कहिले पनि कुनै लेनदेन नगरेको प्रस्ट पारिसकेका छन् र उनीहरूको परिवार बीच अन्य कुनै प्रकारको झै-झगडा समेत नरहेको बताउनु भएको छ।

उक्त क्षेत्रका सांसद एवं नेकपाका नेता प्रभु शाहले पनि पुजारी हत्यामा गलत रिपोर्ट दिने प्रहरी प्रमुखलाई कारवाही गर्नु पर्ने माग गर्नु भएको छ। उहाँले पिडित र आरोपित दुवै परिवारका सदस्यले आर्थिक लेनदेन भएको कुरा अस्वीकार गरेको अवस्थामा प्रदेश प्रहरीले जारी गरेको प्रतिवेदनको विश्वसनीयता माथि नै प्रश्न उठेको जिकिर गर्नु भयो।

शाहले घटनालाई अन्तै मोड्ने षड्यन्त्र भएको र त्यसको मतियार स्वयम् अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु भएको आरोप लगाउनु भएको छ। उहाँले घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न गृह मन्त्रालयलाई आग्रह गर्नु भएको छ।

 

 

आर्थिक विवादले हत्या भएको भन्ने प्रहरीको निष्कर्ष पुजारीको परिवारद्वारा अस्वीकार

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट