बिहिबार, माघ १३ २०७८

ए डिभिजन लिग फुटबल नहुने



  • नेपालदीप
  • शनिबार, असोज ३ २०७७
23.7K
SHARES

काठमाडौं । यो वर्ष ए डिभिजन लिग फुटबल नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकूद गतिविधि ठप्प बन्दा यो वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने देखिएको हो ।

कोरोना महामारीका कारण गएको वर्षको लिग सिजन समेत पुरा हुन पाएको छैन । अघिल्लो वर्षकै सिजन पुरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्श निकालेको हो ।

‘सरकारले प्रशिक्षणकै अनुमती नदिएको अवस्था छ । गत वर्षकै सिजन पुरा भएको छैन । आवश्यक तयारीको समय समेत नपुग्ने भएकाले यस बर्षको लिग सम्भव देखिदैन’ एन्फाका एक अधिकारीले भने ।

एन्फाले गत वर्षदेखि नयाँ सिजनका लागि भदौभित्र खेलाडी दर्ताका लागि क्लबहरुलाई समय उपलब्ध गराउन सुरु गरेको थियो । असोज महिना सुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन सुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यो वर्षको शीर्ष डिभिजनको लिग फुटबल गर्न नसकिने निष्कर्श निकालेको छ ।

कोरोनाको संक्रमण फैलिएको कारण देखाउँदै सरकारले भदौ अन्तिम सातासम्म उपत्यका सहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको थियो । सरकारले साउन १ गतेबाट लामो दुरीका सार्वजनीक यातायात तथा हवाइ उडान सुरु गरेपनि खेलकुद गतिविधि माथिको बन्देज यथावत राखेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार