बुधबार, मंसिर २२ २०७८

हिन्दू-मुस्लिम समुदाय बीचको झडप रोक्न सर्लाहीको मलंगवामा कर्फ्यु आदेश जारी



  • नेपालदीप
  • शनिबार, असोज ३ २०७७
23.6K
SHARES

मलङ्गवा। सर्लाहीको सदरमुकाम मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच तिक्तता बढदै गएपछि सम्भावित झडप रोक्न भन्दै कर्फ्यु आदेश जारी गरिएको छ।

शुक्रबार विश्वकर्मा पूजापछि मूर्ति सेलाउने विषयमा विवाद भएको र सोही विवादका कारण दुवै समुदायका मानिस शनिबार साेही स्थानमा भेला हुन थालेपछि सम्भावित मुठभेड रोक्नका लागि कार्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाकारी दिनु भयो।

‘शुक्रबार विश्वकर्मा बाबाको मूर्ति बिसर्जनका क्रममा दुवै समुदायका बीचमा विवाद र सामान्य झडप भएको थियो’,  प्रजिअ पौडेलले भन्नुभयो, ‘सोही विषयलाई लिएर आज पनि दुवै समुदायका मानिसहरु साे स्थानमा भेला हुन थालेपछि सम्भावित झडप रोक्न कर्फ्यु आदेश जारी गरेका हौँ।’

उहाँले पुरानो मलंगवा बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि शनिबार दिउँसो साढे १ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताउनु भयो।

शुक्रबार साँझ सवा ५ बजे सर्लाही मलंगवा–३, विश्वकर्मा चोकस्थितबाट विश्वकर्मा पूजा गरी मूर्ति सेलाउनका लागि ट्याक्टरमा राखेर लैजाने क्रममा बाटोमा मुस्लिम समुदायको बस्तीनजिकै रहेको मस्जिदनेर आईपुग्दा चर्को आवाजमा डीजे बाजा बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद तथा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। झडप भएपछि दुबै पक्षबीच ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढाले लागेर दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्।

दुई समुदायबीच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई साम्य पारेको थियो। शनिबार बिहानदेखि अवस्था फेरि तनाव पूर्ण बनेपछि प्रशासनले कर्फ्यू लगाएको छ। मूर्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।

पुजारी हत्या अनुसन्धानमा प्रहरीको झेल, पुन: छानबिनको माग गर्दै विरोध प्रदर्शन

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट