बिहिबार, माघ १३ २०७८

चिकित्सकले भने–‘डा. केसीको अवस्था ठीक छैन–अस्पताल लानै पर्छ’



  • नेपालदीप
  • आइतबार, असोज ४ २०७७
10K
SHARES

जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बस्नु भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि चिकित्सले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन् । डा. केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा तुरुन्त लैजानु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताउनु भएको छ ।

डा. केसी अनशन बसेको एक हप्ता पूरा भएको छ । प्रतिष्ठानको चिकित्सक टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका छन् । तर, केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मानिरहनु भएको छ ।

डा. केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकले जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा. केसीले जुम्लामा सत्याग्रह गरिरहनु भएको हो । डा. केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउनेहरुको संख्या बढेको छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले डा. केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार