सोमबार, साउन ३० २०७९

चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित



  • नेपालदीप
  • आइतबार, असोज ४ २०७७
18.6K
SHARES

एजेन्सी । चेन्नई सुपर किङ्सले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईको अबुधावीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै चेन्नईले सुखद सुरुवात गरेको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको चुनौती चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पार गरेको थियो । चेन्नईको जितमा अम्बाती रायडुले ७१ रनको अर्धशतकीय पालो खेले । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय पालो खेले ।

साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी शून्य रनमा अविजित रहे । मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए ।

केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२,सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २-२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १-१ विकेट रह्यो ।

जितसँगै चेन्नईले मुम्बईसँग गएको वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यो खेलसँगै कप्तान धोनीले चेन्नईका लागि आफ्नो कप्तानीमा १००औं जित पुरा गरेका छन् । आईपीएलकाे १३औं संस्करण शनिवारबाट सुरु भएकाे हाे ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार