सोमबार, साउन ३० २०७९

नेकपा सचिवालय बैठक पेरिसडाँडामा



  • नेपालदीप
  • आइतबार, असोज ४ २०७७
14K
SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । शुक्रबार डाकिएको बैठक आइतबार (आज) बस्न लागेको हो । बैठकमा पार्टीको बाँकी एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल हुने बताइएको छ ।

तत्कालिन नेकपा (माओवादी) केन्द्रको मुख्यालय रहेको पेरिसडाँडामा बस्न लागेको बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनको कामबारे समेत छलफल हुने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनु भएको छ ।

यसअघि भदौ २९ गते अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डले असोज मसान्तभित्र पार्टीको बाँकी एकता प्रक्रिया टुङ्ग्याउने प्रतिवद्धता जनाउनु भएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार