सोमबार, मंसिर १३ २०७८

सहायक रथी श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान



  • नेपालदीप
  • बिहिबार, असोज १५ २०७७
13.9K
SHARES

काठमाडौँ। नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।  

विज्ञप्ती जारी गर्दै सैनिक सचिवालयले, बिहिबार दिउसो नेपाली सेनाको मुख्यालय जाङ्गी अड्डामा थापाले उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेको जानकारी दिएको हो।

श्रेष्ठ आश्विन १२ गतेको मन्त्री परिषदको निर्णयबाट उपरथी पदमा पद्दोन्नती हुनु भएको हो। उपरथीमा बढुवा हुनु भएका श्रेष्ठलाई इञ्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट