पौडेल अर्थ मन्त्रालयको बदलामा प्रदेश राजधानी दाङमा सार्न सहमत

काठमाडौँ। प्रदेश ५ को राजधानी दाङमा सार्ने अन्तिम तयारी भइरहदा लामो समय विवादित स्थितिमा रहेको प्रदेश राजधानी कहाँ बनाउने भन्ने विवाद कुन विन्दुमा गएर मिल्यो होला भन्ने प्रश्न जनजनमा उठेको हुनसक्छ।
विवाद हुनुको मुख्य कारण दाङ र रुपन्देही दुवैमा नेकपाका हाईप्रोफाइल नेताहरु हुनु हो। नेकपा महासचिव विष्णु पौडेल बुटवलबाट निर्वचित सांसद हुन् भने मुख्यमन्त्री शंकर पोखरेल दाङका हुन्। पौडेल र पोखरेल दुवैजना प्रधानमन्त्री ओली निकटका हुन्।
पहिला अस्थायी मुकाम तोक्ने बेलामा पौडेलको जोडबलमा बुटवलमा राखिएको थियो। अहिले प्रदेश राजधानी तोक्ने काममा ढिलाई हुनुको पछाडी पोख्रेल र पौडेल आफ्नो आफ्नै अडानबाट टसमस नहुनु …