शनिबार, फाल्गुन १५ २०७७

वैदेशिक रोजगारीमा रहेका नेपालीको कथा बोल्ने दशैँ गित- ‘आउँछु भन्थें’ सार्वजनिक


  • नेपालदीप
  • मंगलबार, असोज २७ २०७७
14.1K
SHARES

काठमाडौँ। भाइब्रेसन मिडियाले ‘आउछु भन्थे’ गित र उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ। मिडियाले असोज २७ गते आफ्नो म्युजिक भिडियोको युट्युबमार्फत प्रिमियर गरेको हो।

नेपालीहरुको महान चाड बडा दशैँलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको भाइब्रेसन मिडियाले जनाएको छ। गित र भिडियो दुवैको सिर्जना यसरी गरिएको छ कि गित सुनी सक्दा, भिडियो हेरिसक्दा दर्शकले सन्निकट आइ सकेको दशैँको अनुभव गर्नेछन्।

सिधै भन्दा हेर्ने जो कोहिलाई गितले दशैँ भाइब्स दिनेछ। गीतमा गायकले यति हृदयस्पर्शी ढंगबाट गायका छन् कि उनको गायकीले गीतका शब्दहरुलाई न्याय गरेको छ। गीतकार बिष्णु गैरेले दिएका एकएक शब्द मर्मस्पर्सी छन्। गीतमा हरि लम्सालको कर्णप्रिय संगीत र आवाज रहेको छ।

नेपालीहरुको घरघरको कहानी- धन कमाउन लाहुर जाने पुरानो प्रचलन। मुग्लानको सट्टा अहिले खाडी जान थालियो होला। लाहुरहरु झट्ट हेर्दा फेरिए होलान तर सारमा लाहुरे जीवन फेरिएको छैन। फेरिए होला शब्द। अब लाहुरे हुनु भनेको वैदेशिक रोजगारीमा जाने जस्तो भएको त छ। नत्र कथा त उही हो। घर छोडेर अन्तै जानु पर्ने हरेक नेपालीको नियती।

गितले त्यसलाई चित्रित गर्ने प्रयास गरेको छ। धन कमाउन घर छोडेको नेपाली केटो दशैँ आफ्नो परिवारसंग मनाउन फर्किन सक्दैन्। घरमा एक्लै बुढी आमा, छोरो विदेशमा। परिवारको लागि विदेश पुगेको ठिटो परिवारको लागि घर फिर्न नपाउदाको पिडा र क्रन्दन गायको छ गितले। गितले ‘टिपिकल’ नेपाल बोलेको छ।

यसपाली त झन् कोरोना देखि विभिन्न कारणले वैदेशिक रोजगारीमा भएकाहरु दशैँमा फर्किने सम्भावना कम छ। त्यो अवस्थामा गित सुन्ने र भिडियो हेर्ने जो कोहिको आँखा रसाउँन सक्छन्।

भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ । भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट