मंगलबार, असार १४ २०७९

‘मार्सी भात’ले चर्चा कमाएका प्रसाईले ‘मार्सी बियर’ बजारमा ल्याउदै



  • नेपालदीप
  • आइतबार, कार्तिक २ २०७७
24K
SHARES

काठमाडौँ। तत्कालिन नेकपा एमाले र माओवादीबीच पार्टी एकताको समयमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएको तस्विर सार्वजनिक भएपछि ‘मार्सी’को खुबै चर्चा भयो।

दुई पार्टी एकता क्रममा वार्ता गर्ने सिलसिलामा ओली र दाहाल प्रसाईंको घरमा पुगेका थिए। चरेशको थालमा मार्सी चामलको भात खाएको फोटो प्रसाईंकै चालकले सार्वजनिक गरे। केहि छिनमै त्यो तस्विर सामाजिक सञ्जालमा भाइरल नै हुन पुग्यो।

प्रसाईको सामाजिक सञ्जालबाट नै नामकरण गरियो ‘मार्सी भात’। त्यसपछि जुम्लामा पाइने मार्सी चामल एकाएक चर्चित भयो।

‘मार्सी भात’ले चर्चित बनाएका उनी प्रसाईं भने अहिले मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन खोजिरहेका छन्। उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन्।

प्रसाईंले मार्सी चामललाई प्रयोग गरेर बियर उत्पादन गर्ने बताएका छन्। ‘मेरो गराएको मार्सी भान्सा राजनीतिक वृत्तमा जति चर्चित भयो, बियर पनि बजारमा त्यतिकै चर्चित बनाउँछु, त्यो पनि मार्सी चामल नै मिसाएर,’ प्रसाईंले भने।

उनले आफ्नो कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन्। हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए।

टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै थियो। प्रसाईंले टन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन्। प्रसाईंले भने, ‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ। अन्तिम तयारी छ, बजारमा चाँडै आउँदैछन् दुई खाले बियर।’

‘स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने उद्देश्य मेरो हो,’ उनले भने। कोरोना कहरकै बेला प्रसाईंले तेजेन्द्र खड्काको टाइगर ब्रुअरी किनेका हुन्। प्रसाईं सो कम्पनीका अध्यक्ष बनेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट