मंगलबार, असार १४ २०७९

गत वर्षभन्दा ८ प्रतिशतले बढ्यो रेमिट्यान्स



  • नेपालदीप
  • बुधबार, कार्तिक ५ २०७७
8.1K
SHARES

काठमाडौँ । गत वर्षभन्दा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ।आर्थिक वर्ष २०७७।७८को दुई महिनामा १खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ।

दुई महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।

दुई महिना अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट