मंगलबार, असार १४ २०७९

नेपाल क्लियरिङ्ग हाउसको टिकटक प्रतियोगिता, विजेतालाई ४३ इन्चको एलजी स्मार्ट टेलिभिजन



  • नेपालदीप
  • बुधबार, कार्तिक १२ २०७७
8.8K
SHARES

काठमाडौँ। नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको छ। दशैँ-तिहार-छठलाई लक्षित गर्दै क्लियरिङ्ग हाउसले आइपीएस टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गरेको हो।

उक्त प्रतियोगिताको बिजेतालाई ४३ इन्चको एलजी स्मार्ट टेलिभिजन उपहार छुट्टयाइएको छ। त्यस्तै, उक्त प्रतियोगितामा भाग लिने भाग्यमानी दस जनाले १००० रुपैया बराबरको मोबाइल रिचार्ज प्राप्त गर्ने समेत क्लियरिङ्ग हाउसले जनाएको छ।

प्रतियोगितमा भाग लिनको लागि NCHL_Official (https://www.tiktok.com/@nchl_official) को ओरिजिनल साउण्ड ट्रयाक प्रयोग गरेर टिकटक भिडियो बनाउनु पर्ने हुन्छ। र, उक्त भिडियोलाई #connectIPSsangaiDigitalFestival ह्यासट्याग प्रयोग गरेर आफ्नो टिकटक ह्याण्डलबाट शेयर गरेर NCHL_official लाइ टिकटकमा फलो गर्नुपर्छ।

प्रतियोगिता कार्तिक १ देखि मङ्सिर ६ गते सम्म चल्ने छ। अर्थात् भाग लिन चाहने प्रतियोगीले भिडियो मङ्सिर ६ भित्र बुझाई सक्नु पर्ने छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट