सोमबार, मंसिर १३ २०७८

काँग्रेस नेता शाहीले दिए चीनलाई सीमा नमिचेको प्रमाणित गर्न खुल्ला चुनौती



  • नेपालदीप
  • बिहिबार, कार्तिक २७ २०७७
25.3K
SHARES

काठमाडौँ। नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता एवं पूर्वमन्त्री जीवन बहादुर शाहीले चीन सरकारलाई भूमि नामिचिएको प्रमाणित गर्न खुल्ला चुनौती दिएका छन्।

बिहिबार एक विज्ञप्ती जारी गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले आफ्नो नाम जोडेर प्रकाशित गरेको समाचारको खण्डन गर्दै शाहीले भूमि नामिचेको प्रमाणित गर्न चुनौती दिएका हुन्।

विज्ञप्ती मार्फत शाही भन्छन्, ‘आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीन सरकारले लगाएका सम्पुर्ण मिथ्या आरोपलाई खारेज गर्दछु र एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिन्छु।’

शाहीले भूमि नामिचेको प्रमाण चीन सरकारले पेश गरेको खण्डमा जस्तो सुकै सजाय भोग्न तयार रहेको समेत विज्ञप्ती मार्फत बताएका छन्। शाहीले चुनौती दिदै भनेका छन्, ‘कुनै भुमी अतिक्रमण नगरेको प्रमाण पेश भएमा जुनसुकै सजाय भोग्न तयार छु।’

शाहीले एक ठाउँको मात्रै हवाला दिदै चीनले आफूले सिमा नामिचेको दाबी गर्नु तर्क संगत नभएको बताएका छन्। ‘नेपाली भूमि मिचिएका वास्तविक तथ्यहरुलाई नजरअन्दाज गर्दै चीन सरकारबाट नयाँ निर्माण गरिएका संरचना क्षेत्र लोलुङ्गजोङ्गलाई मात्र केन्द्रमा राखी चीन सरकारबाट आफ्नो मुखपत्र मार्फत स्वाभिमानी नेपालीका आवाजहरुलाई बन्द गर्ने नियतले धम्कीपूर्ण भाषामा नित्कृष्ट लाञ्छना र मिथ्या आरोप लगाएको प्रति निन्दा व्यक्त गर्दछु,’ विज्ञप्तीमा भनिएको छ।

ग्लोबल टाइम्स मार्फत शाहीमाथि चीनको आक्रामक प्रहार

ग्लोबल टाइम्स विशेषत शाही माथि निक्कै आक्रामक रुपमा प्रस्तुत भएको थियो। उक्त न्यूज रिपोर्टमा शाहीलाई अमेरिकाको मतियार भन्दै चीनले सिमा मिचेको भन्ने मिथ्या हल्ला फैलाउने कामको मुख्य नाइके नै उनि भएको आरोप लगाएको थियो।

शाहीले नै पहिलोपल्ट चीनले सिमा मिचेको भन्दै आक्षेप लगाउन सुरु गरेको ग्लोबल टाइम्सले आरोप लगाएको थियो। ग्लोबल टाइम्स लेख्छ, ‘शाही जो अमेरिकामा एभिएसन स्कुलमा अध्ययन गरेको थिए उनले चीनमाथि आक्षेप लगाउन सुरु गरेका थिए।’

शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरि चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए। शाहीको अवलोकन भ्रमण पछि मात्रै हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको र सो खबर गोप्य स्रोत भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर प्रकाशित तथा प्रशारित गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ।

त्यतिमा मात्र ग्लोबल टाइम्स रोकिदैन। शाहीलाई अमेरिकाको ‘अन्धभक्त’ भएको भन्दै नेपालीहरुले नै उनको विरोध गर्ने गरेको दाबी पनि ग्लोबल टाइम्सले प्रस्तुत गरेको छ।

त्यस्तै रिपोर्टमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भन्दै कर्चन लामालाई उदृत गर्दै कांग्रेस नेता शाहीले सीमावर्ती गाउँमा तिब्बत विखण्डनकारीको झण्डा फैलाइरहेको गम्भीर आरोप समेत लगाएको छ।

त्यस्तै, नेपाली काँग्रेसलाई चीनले सिमा मिचेको हल्ला फैलाउने केन्द्र भएको टिप्पणी गरेको छ। शाही र काँग्रेसलाई अमेरिका र भारतले उक्साएको दाबी पनि उक्त न्यूज रिपोर्टमा गरिएको छ।

शाहीले चिनियाँ मुखपत्रले लगाएको यस्ता लाञ्छना कुटनीतिक मर्यादा विपरित भएको ठहर गरेका छन्। उनले यस्ता मिथ्या आरोपले ‘छिमेकी चीनको मिचाह तथा विस्तारवादी प्रवृत्तिको उजागर भएको’ बताएका छन्।

शाहीले नेपाल सरकारलाई सिमा विवाद सम्बन्धि तथ्य र प्रमाणहरु नेपाल सरकारलाई ज्ञापन पत्र मार्फत बुझाए पनि सरकारले वेवास्ता गरेको गुनासो गरेका छन्। उनले नेपाल सरकारको यस्तो चरित्रलाई ‘आत्मासमर्पणवादी’ चरित्रको रुपमा व्याख्या गरेका छन्।

त्यस्तै, शाहीले ग्लोबल टाइम्सले लगाएका आरोपमा कुनै सत्यता नरहेको उल्लेख गर्दै यस्ता ‘मिथ्या एवं काल्पनिक’ समाचारबाट कुनै भ्रममा नपर्न आम नेपाली जनतालाई आपिल गरेका छन्।

चिनियाँ मुखपत्रको आक्षेप: काँग्रेस ‘भारत परस्त’ र पूर्वमन्त्री शाही अमेरिकाको ‘अन्धभक्त’

चीनले अन्तराष्ट्रिय सिमा कानुन उल्लङ्घन गरेको छनक दिने शाही नेतृत्वको टोलीले खिचेका केहि तस्विरहरु :

हिल्सा दशगजामा रहेको ९(२) को सयुक्त पिल्लर !

किटमा रहेको ५ (१) को नेपाली पिल्लर र तारबार गरि आफ्नो भुमी भित्र चिनले पारेको !

किटक्षेत्रमा रहेको ५(२) को सयुक्त पिल्लर र चिनले तारबार गरि आफ्नो भुमी भित्र पारेको !

किटक्षेत्रमा रहेको ६(१) को नेपाली पिल्लर र चिनले तारबार गरि आफ्नो भुमी भित्र पारेको !

मितेरी पुल भन्दा ५०० मि. नेपाली भुभागमा आफुले बाटो निर्माण गरि प्रयोग गर्दै आएको !

लाप्चा भञ्ज्याङ्मा रहेको १२ न पिल्लर र एकतर्फी चिनले मर्मत गरि ओरेन्टेसन नै परिबर्तन गरेको !

शाहीको विज्ञप्ती:

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट