सोमबार, असार ७ २०७८

छठ पर्वको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा


  • नेपालदीप
  • शुक्रबार, मंसिर ५ २०७७
7.2K
SHARES

काठमाडौँ ।  छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

‘प्रदेश सरकारले स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा (षष्ठी र सप्तमी) दुई दिन बिदा दिने गरेको छ,’ राउतले शुक्रबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यस वर्ष पनि दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा प्रदेश सरकारको वर्षीक क्यालेन्डरमै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्दछौँ।’

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन पनि आग्रह गरेको छ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट