आइतबार, मंसिर १२ २०७८

सुरक्षा प्रमुखहरुलाई सतर्क रहन ओलीको निर्देशन: ‘अप्रिय’ निर्णय लिन सरकार बाध्य हुन सक्ने



  • नेपालदीप
  • सोमबार, मंसिर ८ २०७७
29.1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार चारवटै सुरक्षा प्रमुखलाई बालुवाटार डाकेर जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार हुन निर्देशन दिएका छन्। प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरुसँग आफ्नो पार्टीमा विवाद बढेकोले ‘अप्रिय’ निर्णय लिन सरकार बाध्य हुन सक्ने भन्दै ‘हाई एलर्ट’मा बस्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘ सबै कुरा खुलाउन मिल्दैन। अहिले यत्ति भन्छु, पार्टीको विवादले झडप त निम्त्याउँछ नै विवाद चरम उत्कर्षमा पुग्यो भने सरकारले अप्रिय निर्णय लिनु पनि पर्ने हुन सक्छ। त्यसैले सबै सुरक्षा संयन्त्र ‘हाई एलर्ट’मा बस्न प्रधानमन्त्रीले आग्रह गर्नु भयो। ‘

‘अप्रिय’ भन्नाले कस्तो कदम प्रति संकेत गर्छ भनेर नेपालदीपले जिज्ञासा राख्दा उनले त्यो आगामी सचिवालयको बैठक पछि सबैले थाहा पाउने बताए।

प्रधानमन्त्री ओलीले पार्टीगत विवादले गुटगत झडप बढ्न सक्ने र विप्लव समुहको ‘चन्दा आतंक’ पनि बढिरहेको भन्दै सुरक्षा प्रमुखहरुको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै, मंसिर १४ मा चीनका रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल भ्रमणमा आउँदै छन्। प्रधानमन्त्रीले सो भ्रमण अवधिमा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको बताइएको छ।

जसरी पनि ओलीलाई सत्ताच्यूत गर्ने प्रचण्ड-नेपाल पक्षको गोप्य भेलाको निस्कर्ष

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट