प्रचण्ड-नेपाल पक्षको गोप्य भेलाको निस्कर्ष: ओलीले भनेको नमाने पार्टी फुटाउन दिने

काठमाडौँ। सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने अन्तिम तयारी गरिरहेको सूचना पाएसँगै प्रचण्ड-नेपाल पक्ष ओलीलाई कमजोर बनाउने रणनीति बनाउन गोप्य छलफलमा जुटेको छ। बैठकमा कम्युनिष्ट आन्दोलनलाई जोगाउन प्रधानमन्त्री ओलीलाई जसरी हुन्छ सत्ताच्यूत गर्नुपर्ने उपस्थित सबैले माग गरेका बताइन्छ।
नेपालदीपलाई प्राप्त सूचना अनुसार सोमबार ललितपुर सुनाकोठी स्थित डा. निरज गोबिन्द श्रेष्ठको निवासमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु डा. भिम बहादुर रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भुसाल लगायतका नेताहरु दिउसो साढे ३ बजे देखि रणनीति बुन्न …