आइतबार, मंसिर १२ २०७८

कोरोना संक्रमणबाट बिहानै पाल्पामा दुई युवाको मृत्यु



  • नेपालदीप
  • बुधबार, मंसिर १७ २०७७
8.9K
SHARES

पाल्पा । लुम्बिनी मेडिकल कलेज पाल्पामा कोरोना संक्रमणको कारण दुई युवाको मृत्यु भएको छ। पाल्पा र स्याङजाका एक–एकजना युवाको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुष छन्। पाल्पा घर भएका पुरुष उपचारको लागि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए।

स्याङजाका पुरुष भने १ मंसिरमै अस्पताल भर्ना भएका थिए। आइसियुमा राखेर उपचार गर्दा पनि उनीहरुलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। बुधबार २ जनाको ज्यान गएसँगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट