बिहिबार, जेष्ठ ५ २०७९

नेपाल सिधै ट्वान्टी–ट्वान्टी क्रिकेट विश्‍वकपको ग्लोबल छनोटमा



  • नेपालदीप
  • बुधबार, पुष १ २०७७
6.1K
SHARES

काठमाडौँ ।अस्ट्रेलियामा २०२२ मा हुने ट्वान्टी–ट्वान्टी विश्वकपका लागि नेपालले ग्लोबल छनोटमा सिधै प्रवेश पाएको छ ।

ट्वान्टी–ट्वान्टी विश्वकप अस्ट्रेलियामा २०२२ को अक्टोबर–नोभेम्बरमा हुने तय भइसकेको छ । त्यसका लागि ग्लोबल छनोट हुनेछ ।  मिति र स्थान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले खुलाएको छैन । नेपाल, जिम्बाब्वे, सिंगापुर र यूएईसहित २०२१ मा भारतमा हुन लागेको विश्वकप ट्वान्टी–ट्वान्टीका पुछारका चार टोली तथा क्षेत्रीय छनोटबाट आउने ८ टोली गरी ग्लोबल छनोटमा १६ टोलीको सहभागिता रहने छ ।

विश्व ट्वान्टी–ट्वान्टी वरीयतामा शीर्षस्थ टोली भएका कारण नेपालसहित जिम्बाब्वे, सिंगापुर र यूएईलाई ग्लोबल छनोटमा स्थान दिइएको छ । सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिने छ र प्रत्येक समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिने छ । नेपाल ट्वान्टी–ट्वान्टी आईसीसी वरीयातामा १५औं, जिम्बाब्वे १२ औं, यूएई १३औं र सिंगापुर २० औं स्थानमा छ ।

२०१९ को ग्लोबल छनोटमा १४ टोली खेलेका थिए भने अव हुने ग्लोबल छनोटमा १६ राष्ट्र प्रतिस्पर्धा गर्दैछन् । यूएईमा २०१९ मा भएको ग्लोबल छनोटमा नेपाल पुग्नै सकेको थिएन भने जिम्बाब्वेलाई प्रतिबन्धका कारण खेल्न दिइएको थिएन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट