सोमबार, मंसिर १३ २०७८

ओलीले बोलाएको केन्द्रिय समितिको बैठक बस्दै



  • नेपालदीप
  • मंगलबार, पुष ७ २०७७
7K
SHARES

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीबोलाएको केन्द्रिय समिति बैठक सुरु भएको छ।  उक्त बैठकमा ओली निकट केन्द्रिय सदस्यहरुको सहभागिता रहेको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान पौने ११ बजे बैठक सुरू भएको हो।

आन्तरिक द्वन्द उत्कर्षमा पुगेपछि नेकपाका दुई समूहले छुट्टाछुट्टै बैठक बोलाएका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेभन्दा पहिला नै बसेको ओलीनिकटको केन्द्रीय समिति बैठकले पार्टी फुटको निर्णय गर्छ कि प्रचण्डलाई कारवाही गर्छ भन्ने आम चासोको विषय बनेको छ।

त्यस्तै, प्रचण्ड-नेपालनिकट  केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे‍ बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट