मंगलबार, मंसिर २१ २०७८

राजा समर्थकको प्रदर्शनमा दलीय हस्तक्षेप, पृथ्वी नारायण र ज्ञानेन्द्रको तस्वीर जलाइयो



  • नेपालदीप
  • मंगलबार, पुष १४ २०७७
26K
SHARES

सप्तरी। राजा समर्थकहरुको प्रदर्शनमा दलीय हस्तक्षेप भएको छ। राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै राजविराजमा राजा समर्थकहरुले निकाल्न लागेको जुलुसमा अवरोध भएको हो।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नु अघि नै नेकपाको प्रचण्ड- नेपाल समूह र जसपाका कार्यकर्ताहरुले अवरोध गरेका छन्।

करिब लाठी स्थित करिब ६०-७० जनाको समूहमा आएका कार्यकर्ताहरुले बडामहाराजधिराज पृथ्वी नारायण शाह देखि राजा ज्ञानेन्द्र शाहको तस्वीरमा आगो लगाएका थिए।

राजा र हिन्दुराष्ट्रको पक्षमा प्लेकार्ड ,ब्यानर र राष्ट्रिय झन्डा बोकेर र्‍याली निकाल्न लागेका सूचना पाएपछि नेकपा तथा जसपाका युवाहरूले ती सामग्री खोसेर आगो लगाएका हुन्।

र्‍यालीमा प्रयोग हुने सामग्री खोसेर उनीहरुले र्‍यालीमा सहभागी हुन आएकाहरुलाई भगाएका थिए। अहिले त्यस स्थानमा त्यसपछि कोहि प्रदर्शन गर्न आएको छैन।

मधेशका जिल्लाहरुमा राजा र हिन्दूराष्ट्रको मुद्धामा जनसहभागिता बढ्न थालेपछि केहि समय अघि जसपाका स्थानीय नेताहरुले राजाको समर्थनमा कसैलाई पनि बाहिर ननिस्कन उर्दी जारी गरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट