बिहिबार, फाल्गुन १३ २०७७

बाँडीचुँडी खान पल्केकालाई निर्वाचको घोषणाले तनाब दिएको छ: पर्यटनमन्त्री


  • नेपालदीप
  • मंगलबार, पुष २८ २०७७
3.4K
SHARES

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले  राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए।

जनतामा जान किन डराउने?’, उनले भने, ‘जनतामा नगई पार्टीभित्र बाँडीचुँडी खान पल्केकालाई निर्वाचको घोषणाले तनाब दिएको छ, चुनावको सामना गर्न उनीहरु डराएका छन्।’

मंगलबार संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी संगठनका प्रतिनिधिसँगको छलफलमा मन्त्री ढकालले केही बाँडीचुँडी खान पल्केकाहरु निर्वाचनमा जान डराएर प्रतिनिधि सभा पुनःस्थापना भन्दै हिँडेको आरोप लगाए।

उनले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भए पनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गरे। प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उनको तर्क थियो।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार