सोमबार, फाल्गुन २४ २०७७

स्वतन्त्र सांसद मनाङ्गेको माग: पारिश्रमिकबाट नेकपाले उठाएको लेभी फिर्ता गरोस्


  • नेपालदीप
  • आइतबार, माघ ४ २०७७
3.5K
SHARES

पोखरा। गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले आफूले स्वतन्त्र रुपमा सांसद पद जिते पनि सत्तारुढ नेकपाले लेभी काटीरहेको भन्दै लेभी फिर्ता गर्नु पर्ने माग गरेका छन्। संसद सचिवालयको रेकर्डमा सांसद मनाङ्गेको पारिश्रमिकबाट नेकपालाई लेभी काटिएको देखीएपछि उनले अप्पति जनाउदै लेभीको रकम फिर्ता मागेका हुन्।

मनाङ्गेले भने, ‘मैले सांसदबाट बापत पाएको पारिश्रमिकबाट के-कसो भयो भनेर बैंकमा हेरिनँ । जुन दिन लेबी काटिएको थाहा पाएँ, मैले असहमति जनाएको छु। स्वतन्त्र सांसदको लेबी काटेर नेकपालाई दिन मिल्छ ? पार्टीमै नभएको मान्छेबाट गएको लेबी फिर्ता गर्न छिट्टै निवेदन दिन्छु ।’

संसद सचिवालयको रेकर्डमा उनको पारिश्रमिकबाट नेकपालाई १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको भेटिएको छ।

मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदको परिचय पत्र लिएका छन्। सांसद मनाङ्गेले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका थिए।

मनाङ्गेले आफूले नेकपालाई समर्थन मात्र गरेको बताएका छन्। उनले भने, ‘म स्वतन्त्र नै हुँ, कुनै पार्टीमा प्रवेश गरेको आधार छैन, समर्थनमात्र हो। कुनै पार्टीले जबर्जस्ती गरेको रहेछ भने बरु राजीनामा दिन सक्छु।’

निर्वाचन आयोगको रेकर्डमा पनि उनी स्वतन्त्र सांसदकै रुपमा रहेका छन्। संसद सचिवालयलाई पनि उनी नेकपामा प्रवेश गरेको आधिकारिक जानकारी छैन।

उनले सचिवालयका सचिव हरिराज पोखरेललाई लेबी काटिएकोबारे आपत्ति जनाउँदै फिर्ता लिने बताएका छन्। पोखरेलले मौखिक जानकारीले नहुने बताएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट