आइतबार, मंसिर १२ २०७८

ओलीलाई प्रचण्डको ज्यानमार्ने धम्की, भने- युद्धको कमाण्डर हुँ, भित्तैमा पुऱ्याइदिन सक्छु



  • नेपालदीप
  • बुधबार, माघ ७ २०७७
8.2K
SHARES

काठमाडौँ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्यानमार्ने धम्की दिएका छन्। पत्रकार संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो किसिमको गैरराजनीतिक भाष्यमा हिंसात्मक कुरा गरेका हुन्।

‘कठोर हुन पर्यो भने म युद्धको नेतृत्व गर्ने कमाण्डर पनि थिए नि एकपटक त। कठोर हुन पर्यो भने त म फेरी भित्तैमा पुर्याउन पनि तयार हुन्छु। म अहिले तयार भएकै छु।’

त्यति भनिरहदा उनको भावभंगीमा आक्रोशले भरिएको थियो। अहिले कम्युनिष्ट पार्टीको झगडा सुन्नै नसकिने, देख्नै नसकिने गरि कलुषित बनेको छ।

ओलीले माधव गुटमा भएका इमान्दार कम्युनिष्ट कार्यकर्तालाई तह लगाउन खोज्नु नै ठूलो गल्ती भएको प्रचण्डले बताए। ‘तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्‍याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। म अरु जस्तो घुमाएर घुम्ने मान्छे होइन,’ उनले भने।

‘जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें,’ प्रचण्डले भने,‘तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।’

ओलीले लडाइँ हारिसकेको र कुपात्रका रूपमा इतिहासमा कलंकित भएर रहने प्रचण्डको भनाइ छ।

‘प्रतिनिधि सभा विघटनपछि तपाईंको हातमा केही छैन। चिजहरू अन्तै छ,’ उनले भने,‘ मलाई सर्वोच्च र निर्वाचन आयोगप्रति भरोसा छ।’

उनले केपी ओलीका मान्छेहरू नै सूर्य चिन्ह हाम्रो हो र सबैतिर सेटिङ भइसकेकाले संसद विघटन सदर हुन्छ भन्दै हिँडेकाले प्रश्न जन्मिएको बताए।

‘मेरो प्रश्न अदालत र आयोगप्रति होइन केपी गुटलाई हो- यस्तो किन भइरहेको छ?’ उनले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट