सोमबार, फाल्गुन २४ २०७७

प्रदेश १ को हिउँदे अधिवेशनको बैठक केहिमिनेट बसेर स्थगित 


  • नेपालदीप
  • बुधबार, माघ ७ २०७७
3.5K
SHARES

काठमाडौं।  प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्ष र प्रचण्ड नेपाल पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो।

नेकपा विभाजनपछि  नेकपाकै प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

त्यसैले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढे लगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिएका हुन्।

हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा रहेको छ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट