आइतबार, बैशाख २६ २०७८

‘असली प्रधानमन्त्री’ प्रचण्ड भएको भन्दै कार्यालयबाट ओलीको फोटो हटाएर प्रचण्डको राखियो


  • नेपालदीप
  • शुक्रबार, माघ ९ २०७७
5.8K
SHARES

काठमाडौँ। सुनकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाइएको छ। गाउँपलिका अध्यक्षको अगुवाईमा प्रधानमन्त्री ओलीको फोटो हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो टासिएको हो।

सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ। त्यहि अनुरुप गाउँपालिकाको कार्यालयमा यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको फोटो राखिएको थियो।

नेकपा विवादले उग्र रुप लिएसंगै र प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कार्यकर्ताहरुको धुर्विकरण सुरु भएको छ।

गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले पूर्वमाओवादीको तर्फबाट राजनीति गर्दै गएको स्थानीय निकायको चुनावमा जितेका थिए। त्यहि परिपेक्षमा गाउँपालिकाले ‘असली प्रधानमन्त्री’ पुष्प कमल दाहाल  प्रचण्ड’ भएको तर्क प्रस्तुत गर्दै ओलीको फोटो हटाएर प्रचण्डको राखिएको हो।

नेकपामा विवाद भएसँगै गाउँपालिका कार्यालयबाट समेत प्रधानमन्त्रीको फोटो हटाएर प्रचण्डको फोटो टाँसेको पाइएको छ। राष्ट्रपतिको फोटो भने जस्ताको तस्तै राखिएको छ। राष्ट्रपतिको फोटो फेरेर कसको राख्ने भन्ने अन्योल भएपछि राष्ट्रपतिको तस्विर यथावत राखिएको बताइन्छ। सुरुमा त राष्ट्रपतिको तस्विरको ठाउँमा नेपली कांग्रेस नेता रामचन्द्र पौडेलको तस्वीर राख्ने तयारी भए पनि पछि नराखिएको स्थानीयले जानकारी दिए।

उपाध्यक्ष मुक्तानले भने प्रधानमन्त्रीको फोटो नहटाएको दावी गरे । ‘अध्यक्ष र मेरो कार्यकक्षबाट फोटो हटाएको होइन’ उनले भने, ‘सफा गर्ने क्रममा प्रधानमन्त्रीको फोटो फुटेको थियो, बनाएर ल्याउँदा ठूलो भएछ, फेरि बनाउन पठाएका छौं ।’

पछिल्लोपटक अध्यक्ष प्रचण्डको फोटो थप टाँस गरिएको उनले जानकारी दिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार