बिहिबार, फाल्गुन १३ २०७७

जनगणनाका लागि ३७ हजार कर्मचारी चाहिने: करारमा जागिर खुल्यो!


  • नेपालदीप
  • सोमबार, माघ १२ २०७७
2.7K
SHARES

हरेक १० बर्षमा गरिने  राष्ट्रिय जनगणना- २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त खुलेको छ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करारमा  कर्मचारी भर्ना गर्ने बताएको छ। गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरिएको छ। आइतबार पत्रकार सम्मेलन गरी गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको कुरा विभागले बताएको हो।

लगभग २९ हजार गणक र ८ हजार सुपरिवेक्षक गरी झण्डै ३७ हजार कर्मचारी करारमा भर्ना लिइने छ।

करारका जनशक्ति नपुगेमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरिने पनि विभागको सूचनामा बताइएको छ।

२०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने छ।  अनलाइनको पहुँच नहुनेका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यालयमा दरखास्त फारम भरेर बुझाउन पनि सकिनेछ।

जनगणना विभिन्न प्रविधि प्रयोग गरिने छ र यो विस्तृत पनि हुनेछ। मानिसको  अलावा व्यवशायिक प्रयोजनका लागि पशुपंक्षीको पनि गणना गरिनेछ।अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु समावेश हुनेछन्।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट:   censushrms.cbs.com.np  मा भर्न सकिनेछ। गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट लिइने तथा  तालिमको व्यवस्था पनि गरिने विभागले बताएको छ ।

नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो र अब हुने बाह्रौ जनगणना २०७८ जेठ देखि असार सम्म सञ्चालन हुने जानकारी विभागले दिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार