बुधबार, मंसिर २२ २०७८

अख्तियार ध्वस्त बनाउने प्रचण्डको रणनीति चकनाचुर भयो: पोखरेल



  • नेपालदीप
  • बुधबार, माघ १४ २०७७
12.7K
SHARES

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका अध्यक्ष प्रचण्डले अख्तियार अनुसन्धान आयोगलाई शक्तिहिन बनाउने खेलमा लागेको बताएका छन्। पोखरेलले आफ्नो भ्रस्टाचार छोप्न प्रचण्डले अख्तियारलाई नेतृत्वविहिन र पछि गएर भूमिकाहिन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन्।

‘आफ्नो भ्रस्टाचार छोप्न अख्तियार ध्वस्त बनाउने प्रचण्डको रणनीति थियो। अख्तियार खाली राख्ने प्रचण्डको नियत प्रधानमन्त्रीले चकनाचुर पार्नुभएको छ र अब अख्तियार पूर्णरुपमा क्रियाशील हुनेछ,’ उनले दाबी गरे।

बुटवलमा मंगलबार युवासंघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेकपा ओली पक्षका लुम्विनी इन्चार्ज समेत रहेका पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको आरोप लगाए।

नेपालको गुमेका भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्रीमाथि घेराबन्दी गरिएको पोखरेलको भनाइ छ। आजको संकट त्यही चुच्चे नक्साका कारण आएकाले प्रधानमन्त्रीको पक्षमा उभिनु नै राष्ट्रियताको पक्षमा उभिनुभएको पोखरेलले उल्लेख गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट