आइतबार, मंसिर १२ २०७८

प्रचण्ड जंगल होइन जेलवाला तेलले जुल्फी कोर्दै दिल्ली बसेका हुन्: ओली



  • नेपालदीप
  • बिहिबार, माघ १५ २०७७
8K
SHARES

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धकालमा जंगल बसेको भन्ने भ्रममा नपर्न सम्पूर्णमा आग्रह गरेका छन्। बिहिबार राजधानीमा जिफन्टले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले प्रचण्डले जनयुद्ध कालमा पनि विलासी जीवनयापन गरेको आरोप लगाएका हुन्।

ओलीले भने, ‘जंगलमा न हिजो बस्नु भएको थियो न अब बस्नु हुन्छ। हिजो जंगल बस्नु भएको हैन उहाँ। दिल्ली, लखनऊ, नोयडामा हुनुहुन्थ्यो हामीलाई थाहा छ। जंगलमा उहाँले कार्यकर्ता र लडाकु बसाउनु भयो। आफूहरू त जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो।’

ओलीले नागरिक समाजको आन्दोलनमा प्रचण्ड र माधव नेपाललाई खोजेको तर नदेखेको बताउदै अब तीन महिना भित्र दुवै ‘नागरिक समाज’को ब्यानरमा आन्दोलन गर्ने स्थितिमा पुग्ने बताए।

‘एक जना साथी त नागरिक अगुवा भएर गएका रहेछन्। मैले चित्र यसो निहालेर हेरे अरु गएका छन् कि छैनन् भनेर। प्रचण्ड-माधवको पनि हालत त्यहि हो तीन महिना पछि,’ उनले भने।

ओलीले अघिल्लोपल्ट आफ्नो नेतृत्वको सरकार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले नै प्रचण्डलाई उकासेर सरकार ढालेको आरोप लगाए।

ओलीले आफूले प्रचण्डलाई कार्यकारी दिएपछि उनले आफूलाई सर्वेसर्वा ठानेको बताए। उनले भने, ‘कार्यकारीको के पगडी लगाइदिएको थिए। प्रचण्ड त अब। बल्ल अध्यक्ष भएको फिलिंग भयो भन्दै उफ्रिन थाले। आफूलाई सिंह ठाने। अनि मैले ‘मुसा भइ’जा !’ भन्नु पर्यो।’

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट