सोमबार, असार ७ २०७८

प्रभु लाइफद्धारा ५० लाख मृत्युदाबी भुक्तानी


  • नेपालदीप
  • सोमबार, माघ १९ २०७७
5.4K
SHARES

महोत्तरी जिल्ला हतिसर्वाका श्री सुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडसंग जीवन बीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमितकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ।

मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई प्रभु लाइफका प्रमुख कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट