
त्यो रात जलेर तिमी सुत्यौ
म भने जलिरहेँ दियो सँगै।
एक रास अतीतका सम्झनाहरु
मडारिरहे तिम्रो स्निग्ध सेतो शरीरभरि
कालो कोठीको अट्टहास बिचैमा
निशब्द म रमाइरहे
बिहान तिमी
फेरि बतासियौ कतै
शायद आजको रात एक्लै हुन्छ कि फेरि??
।।।।।।।
।।।।।।
हुनत मन छैन है तर……..
-विजय थापा
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।