बिहिबार, फाल्गुन १३ २०७७

इङ्ल्याण्ड, पाकिस्तान र बांग्लादेश बलियो स्थितिमा


  • नेपालदीप
  • आइतबार, माघ २५ २०७७
1.3K
SHARES

आयोजक भारत बिरुद्ध चेन्नईमा खेलिँदै गरेको श्रृंखलाको पहिलो क्रिकेट टेष्ट खेलमा इङ्ल्याण्ड बलियो स्थितिमा पुगेको छ। दोस्रो दिनको खेल सकिँदा इङ्ल्याण्डले ८ विकेटको क्षतिमा ५५८ रनमा खेल्दै थियो । इङ्लिश कप्तान जो रुटले शानदार दोहोरो शतक (२१८ रन) बनाउँदै आफ्नो टोलीलाई मजबूत स्थितिमा पुराएका हुन्। कप्तान जो रुटलाई ओपनर डम सिब्ली (८७) र बेन स्टोक्स (८२) ले बलियो साथ दिए भने मध्य र तल्लो क्रमका सबै जसो ब्याट्समेनले  केही न केही योगदान गरेका थिए। जवाफमा ब्याटिङ गर्न उत्रने आयोजक भारतको लागि यो टेष्ट बचाउन पर्ने स्थिति देखा परेको छ।

उता रावलपिण्डीमा हुँदै गरेको दक्षिण अफ्रिका बिरुद्धको दोस्रो टेष्ट खेलमा आयोजक राष्ट्र पाकिस्तान बलियो स्थितिमा पुगेको छ। पहिलो ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले २७२ रन बनाएकोमा दक्षिण अफ्रिकालाई मात्र २०१ रनमा आउट गराउँदै पहिलो इनिङमा ७१ रनको अग्रता लिएको छ। दोस्रो पारीमा पाकिस्तान ८ विकेट गुमाउँदै २१७ रनमा खेल्दैछ। यो कूल २८८ रनको अग्रता हो।

उता घरेलु टोली बांग्लादेश र वेष्ट इण्डिज बीच चटगाउँमा खेलिँदै गरेको पहिलो क्रिकेट टेष्ट खेल बराबरीतर्फ डोरिँदै छ। पहिलो र दोसरो पारीमा क्रमश: ४३० रन र ८ विकेटमा २२३ रन बनाएको बांग्लादेशले वेष्ट इण्डिजलाई पहिलो पारीमा मात्र २५९ रनमा आउट गराए पनि दोस्रो पारीमा वेष्ट इण्डिज केवल ३ विकेट गुमाएर २३६ रनमा खेल्दैछ। जीतको लागि वेष्ट इण्डिजलाई अन्तिम दिन खेलिने बाँकि लगभग ४० ओवरमा १५७ रन चाहिएको छ भने बांग्लादेशले ७ विकेट लिनु पर्ने स्थिति छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार