शनिबार, फाल्गुन १५ २०७७

छोरीलाई गोली हानेर भागेका बाबुले मध्यराति आफ्नै घरमा लगाए आगो


  • नेपालदीप
  • आइतबार, माघ २५ २०७७
1.8K
SHARES

काठमाडौँ। बैतडीमा छोरीलाई गोली हानेर भागेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।

र्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।

हिजो दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । महराको खोजी भइरहेको प्रहरीले जनाएको छ । महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट