शनिबार, फाल्गुन १५ २०७७

कविता: अग्रगामी नेता


  • नेपालदीप
  • सोमबार, माघ २६ २०७७
2.6K
SHARES

तिमी को हौ, मलाई चिन्यौ?
नागरिकता छोड सदस्यता देखाऊ
शिद्धान्त छोड आफन्त देखाऊ
नाम होईन थर भन
गाम होईन क्षेत्र नम्बर भन
म त तिम्रा बाले गोली खाएपछि जन्मिएँ
तिम्रा काकाको स्कूल जलाएपछि जन्मिएँ
म त अजम्बरी हुँ, अवतारी, क्रान्तीकारी, मांसाहारी हुँ
देख्यौ त मेरो चहलपहल, दरबार महल
तिमीलाई तिम्रै घर जलाई खरानी बेच्ने ब्यापारी हुँ
मेरो त बोली बिक्छ, के तिम्रो बली बिक्छ?
खसीको टाऊको देखाई देखाई कुकुरको मासु बेच्छु
त्यात्तीस् तोला सुन् र टुँडिखेलको कित्तामा त मैले आमाकै आँसु बेच्छु
अब पश्चिमी बैनामा मैले धर्म, भाषा र भेष बेच्छु
हेर्दै त जाऊ, भोली सुटुक्क सिंगो देश बेच्छु
खोई तिमीले मलाई चिनेनौ कि आफूलाई बिर्सियौ
मेरा सिक्किमी, अफ्गानी, फिजीयन ठॉंटले तर्सियौ?
देख्यौ त मेरा बहुदलिय जनवादले कस्तो बिगुल बजायो
गोरू नांगै देख्दा यहॉं को लजायो?
बल्ल देखयौ मेरो भक्ती, मालीक प्रतीको आशक्ती
बाह्रबुँदेको रेल चढिसके तिम्रा घाईते जनमुक्ती
ऊत्तर, दक्षीण, पश्चिम सबै धाएर आऊछु
अब म छिट्टै तिनका वर्दी लाएर आऊँछु
किनकी जति तिम्रो पसिनाले दश वर्षमा कमाउछौ
त्यती म आमाको आँसुले एकै महिनामा बनाउछु
तिमी जस्तालाई तुरूपै तुरूपको षड्यन्त्रमा बुन्छु
अबको ल्हेन्डुप दोर्जे म नै हुन्छु
अनि तिम्रा बाले झैं हेरेरै बस
टोपी खोली लामो सास फेरेरै बस!!

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट