
काठमाडौं। एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएपछि खेल अतरिरक्त समयमा धकेलिएको थियो ।
एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एक एक गोल गरेका थिए । यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी केन र एरिक लामेलाले एक एक गोल थपे ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।