बिहिबार, फाल्गुन १३ २०७७

गोपाल राना मगरको अध्यक्षतामा नेपाल मगर संघ पाल्पा काठमाडौ सम्पर्क समिति गठन


  • नेपालदीप
  • आइतबार, फाल्गुन २ २०७७
2.9K
SHARES

काठमाडौँ। नेपाल मगर संघ पाल्पा- काठमाडौ सम्पर्क समितिको चौथो अधिवेशन काठमाडौमा सम्पन्न भएको छ। मगर संघका केन्द्रिय सदस्य छत्र ब लुङ्गेली मगर(बिमल)को प्रमुख आतिथ्य र सम्पर्क समन्वय केन्द्रिय समितिका अध्यक्ष होमराज खपाङ्गी मगरको विशेष आतिथ्यमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो।

अधिवेशनबाट गोपाल राना मगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार डिके सूर्यवंशी मगर, मगर संघ केन्द्रिय सल्लाहकार होम सुनरी मगर, प्रा.डा छविलाल चिदी मगर, समन्वयका संचारसचिव झलक थापा मगर, कोषाध्यक्ष भिम दर्लामी मगर, सदस्यहरु ईन्द्र झेडी मगर, नेपाल मगर सास्कृतिक सँगका सचिव डोलराज बार्घरे, मगर विद्यार्थी केन्द्रिय सदस्य चन्द्र थापा मगर, रोशन पुलामी मगर, पुरन राना मगर, सुस्मा राना मगर, जंग सिदाली मगर, ओखलढुंगा सम्पर्क सचीव कुशल आले मगर लगाएतको आतिथ्यता रहेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार