सोमबार, मंसिर १३ २०७८

सेना पछि प्रहरी र सशस्त्रमा पनि पेन्सन जाने अवधि १६ वर्ष हुनुपर्छ: पूर्वजनरल बस्न्यात



  • नेपालदीप
  • सोमबार, फाल्गुन ३ २०७७
58.4K
SHARES

काठमाडौँ। नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल डा. प्रेम सिंह बस्न्यातले नेपाली सेनाको मात्र नभई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत पेन्सन अवधि बीस वर्ष बाट घटाएर सोह्र वर्ष बनाउनु पर्ने बताउनु भएको छ। अहिलेको परिस्थितिमा सोह्र वर्षको सेवा पछाडी पेन्सन निस्कने प्रावधान नै उचित भएको भन्दै बस्न्यातले सो कुरा बताउनु भएको हो।

बस्न्यातले गणतन्त्र स्थापना भएपछिका तेस्रो प्रधानसेनापतिले पेन्सन पाउनको लागि सेवा अवधि सोह्रबाट बीस वर्ष पुऱ्याएको उल्लेख गर्दै अहिलेका प्रधानसेनापतिले त्यो निर्णय उल्टाइदिएकोमा धन्यवाद समेत ज्ञापन गर्नु भएको छ।

‘नेपाली सेनाको हवल्दार, मेजर सम्मको पेन्सन जाने अबधी २० वर्षबाट १६ वर्षमा फेरी फर्काइ दिएकोमा वर्तमान सरकारलाई हार्दिक धन्यवाद,’ भन्दै बस्न्यातले भन्नु भयो, ‘अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका “अन्य दर्जा” को पनि पेन्सन अवधी १६ बर्ष बनाउन अपिल गरेको छु।’

बस्न्यातले १६ वर्षे प्रावधान फर्काउन नेपाली सेनाको नेतृत्व तहले ठूलो मेहेनत गर्नु परेको पनि बताउनु भयो। उहाँले त्यो प्रावधान फर्काउन आँफूले पनि सकेको सहयोग गरेको उल्लेख गर्नु भयो।

बस्न्यातले भन्नुभयो, ‘१६ वर्षे प्रावधान फेरी फर्काउन नेपाली सेनाले धेरै प्रयास गर्नु पर्यो। वर्तमान सैनिक नेतृत्व ‘सीओएस’ले धेरै प्रयास गरेको पक्कै हो। यो बारेमा २- ४ शब्द बोलेर – लेखेर अनी मन्त्रालयमा पुगेर सम्बन्धितहरुलाई भेटेर मैले पनि प्रयास गरे। मेरो प्रयासको महत्व केही न होला!’

सशस्त्रको तुलनामा प्रहरीलाई सेवासुविधामा अन्याय भएको भन्दै सर्वोच्चमा मुद्धा

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट