सोमबार, फाल्गुन १७ २०७७

सुशान्तका साथी सन्दीप नाहरले गरे आत्महत्या,सुसाइड नोटमा यस्तो भेटियो


  • नेपालदीप
  • मंगलबार, फाल्गुन ४ २०७७
1.2K
SHARES

काठमाडौँ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतका साथी कलाकार सन्दीप नाहरले आत्महत्या गरेका छन्।

सन्दीप नाहरले सुशान्तसँग चर्चित चलचित्र ‘एमएस धोनी द अनटोल्ड स्टोरी’मा सँगै काम गरेका थिए।

उक्त चलचित्र सन् २०१६ मा निकै लोकप्रिय बनेको थियो। सन्दीपले अर्को चलचित्र ‘केसरी’मा पनि अभिनय गरेका थिए।

सुशान्तले आत्महत्या गरेको ८ महिनामा सन्दीपले आत्महत्या गरेका हुन्।

सन्दीपले आफ्नै निवास मुम्बईको गोरेगाउँ क्षेत्रमा आत्महत्या गरेको बताइएको छ।

बीबीसीहिन्दीका अनुसार सामाजिक संजालमा सुसाइड नोट छाड्दै उनले सोमबार आत्महत्या गरेका हुन्।

फेसबुक पेजमा उनले लेखेका छन्,‘अब मलाई जिउने इच्छा छैन।’

साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका थिए। जसमा उनले पारिवारिक समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन्। उनले आफ्नी श्रीमतीमाथि गम्भीर आरोप समेत लगाएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

उनको शव प्रहरीले पोस्टमार्टमको लाति अस्पताल पठाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

नाहार‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा पनि देखिएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट