शनिबार, फाल्गुन १५ २०७७

गृहमन्त्रीको आश्वासन : भागरथी हत्या प्रकरणका दोषीलाई चाँडै कठघरामा उभ्याउँछौं


  • नेपालदीप
  • मंगलबार, फाल्गुन ४ २०७७
1.3K
SHARES

काठमाडौं।  गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई चाँडै कानुनी कठघरामा उभ्याउने बताएका छन् । ज्ञापन पत्र बुझाउन आएको सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिको टोलीसँग गृहमन्त्री थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणलाई टुंगोमा पु¥याउने गरी अनुसन्धान भइरहेको गृहमन्त्री थापाले बताए । उनले भागथरीको हत्या प्रकरण निर्मला पन्तकोजस्तो भट्टको घटना जटिल नरहेको पनि उनले बताए । यो घटनामा सरकार गम्भीर भएको पनि उनले बताएका छन् ।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको पनि बताए । उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत जनाए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट