बिहिबार, फाल्गुन १३ २०७७

बलात्कारको बदला बलात्कार, नातामा भाइ पर्नेले गरेको थिए भागरथीको हत्या


  • नेपालदीप
  • बुधबार, फाल्गुन ५ २०७७
3.2K
SHARES

बैतडी। नेपाल प्रहरीले भागरथी बलात्कार तथा हत्याकाण्डमा सफलता हासिल गरेको छ। बैतडीकी भागरथी भट्टको बलात्कार पछि भएको हत्यामा संलग्नलाई पहिचान गर्न प्रहरी सफल भएको हो।

भट्ट अध्ययनरत सनातन धर्मा माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रले बलात्कार पछिको हत्या अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती छात्रले अभियोग स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयला प्रवक्ता मुकेशकुमार सिंहले बताए।

भट्टलाई आँफू भन्दा एक कक्षा जुनियरले बलात्कार पछि हत्या गरेका थिए। भट्ट कक्षा १२ मा अध्ययनरत थिइन् भने अभियुक्त कक्षा ११मा अध्ययनरत छात्र हुन्। अभियुक्त भागरथीको नातामा भाइ पर्छन्। उनले दिदी भनेर सम्बोधन पनि गर्ने गरेका थिए। प्रहरीको बयानमा पनि उनले दिदी नै भनेका छन्।

उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले बलात्कार गरेको घटनाको बदला लिन’ उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएकाे बलात्कारकाे बदला लिन उनकै छाेरीकाे हत्या गरेकाे हुँ भनेर बयान दिएका छन्।’

पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनकाे नजिककाे नाता पर्ने एक महिलामाथि बलात्कार गरेका थिए। तर त्याे घटना गाउँमै मिलाइएकाे थियाे। ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेकाे बताएका छन्। भागरथीका बुवाकाे निधन भइसकेकाे छ। भागरथीको बुबाको मृत्यु भएको एक महिनामा नै उनको बलात्कार पछि हत्या भएको हो।

प्रहरी नियन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरीले जनाएको छ।

बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने, ‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन्। विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं। पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कार-हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटना भएका दिन ती किशाेर दिउँसाे साढे १२ बजे विद्यालयबाट निस्केर जंगलमा एक्लै भागरथीलाई ढुकेर बसेका थिए। दिउँसाे २ बजेपछि भागरथी त्यही बाटाे भएर विद्यालयबाट घर फर्किरहेकी थिइन्।

अभियुक्तले भागरथीको पिछा गरिरहेका थिए। उनी केही समय अगाडी नै भागरथीलाई कुरेर बसिरहेका थिए। ‘केही ग्याप बनाएर उनले पिछा गरिरहेका थिए। मौका पाउने वितिकै खसाएर बेहोस बनाएर हत्या गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गरी न्याय दिनुपर्ने माग सहित भएका जुलुसहरूमा ती किशोर पनि सहभागी हुने गरेको प्रहरीले जनाएको छ। प्रहरी अधिकृतले भने, ‘प्रहरी देख्दा उनी डराउँथे, भागरथीलाई न्याय दे भनेर आयोजना हुने जुलुसमा उनी हात उठाउँथे। मंगलबार उनलाई घरबाटै समातिएको हो।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार