बिहिबार, फाल्गुन १३ २०७७

भागरथीको हत्यारा पक्राउ परेसँगै प्रहरीको जताततै प्रशंशा


  • नेपालदीप
  • बुधबार, फाल्गुन ५ २०७७
2.4K
SHARES

काठमाडौं। बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि प्रहरीलाई देशव्यापी रुपमा धन्यवाद दिने लहर नै चलेको छ। फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत मानिसहरुले अब निर्मला पन्तको पनि हत्यारालाई यसरी नै पक्राउ गर्न प्रहरीलाई सुझाव दिएका छन्।

सामाजिक संजालमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘भागरथी भट्टकाे हत्यारा दिनेश भट्टलाई समात्न सफल हुने नेपाल प्रहरीकाे टिमलाई धेरैधेरै धन्यवाद तथा हार्दिक बधाई। हत्यारालाई कडा भन्दा कडा कारवाही गरियाेस।यसरी नै निर्मला पन्तकाे पनि बलात्कारी, हत्यारालाई पक्रन सफल हुनुहाेस शुभकामना। साथै भागरथी भट्टकाे अात्माले शान्ति पाओस्।’

भागरथी हत्या प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदी दोगडाकेदार गाउँपालिकाको केन्द्र खोचलेकमै बसेका थिए। उनी अनुसन्धानमा खटिने प्रहरीलाई निर्देशन मात्र दिइरहेका थिएनन् आफैं पनि अनुसन्धानमा लागि परेका थिए। प्रहरीले प्रदेश तथा केन्द्रको पहलमा समेत सम्पूर्ण जनशक्ति सोही घटनामा केन्द्रित रहेर अनुसन्धान गरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार